नेभिगेशन
अन्य

लोकसेवा आयोग आजबाट पदाधिकारी विहिन

काठमाडौं । निजामति कर्मचारीको छनौट र नियुक्ति सिफारिसको जिम्मा पाएको लोकसेवा आयोग आजदेखि पदाधिकारिबिहिन भएको छ । आयोगका अध्यक्ष सहित तिन पदाधिकारीको पदावदी आजबाट सकिँदै छ । अध्यक्ष कयोदेवि यमी तथा सदस्यहरु टिकादत्त निरौला र राजेन्द्रप्रसाद शाहले ६ बर्षे पदावधि सकिएकाले लोकसेवा आयोग रित्तिन लागेको हो । अर्का सदस्य कृष्ण पोखरेल भने ६५ बषको उमेर हदका कारण डेढ बर्षअघिनै सेवानिबृत्त भएका थिए । आयोगमा सरकाले २०६५ साल फागुन ५मा पदाधिकारि नियुक्ति गरिएको थियो । पदाधिकारिबिहिन भएपछि आयोगका नयाँ विज्ञापन प्रकाशन, अन्तरबार्ता लिने, कर्मचारि बढुवाको उजुरिमा सुनुवाई, लगाएतका काम प्रभावित हुने भएको छ । लोकसेवा आयोगमा नियुक्तीको सिफारिस गर्नका लागि फागुन १ गतेको बसेको संवैधानिक परिषदको बैठक कुनै टुंगोमा नपुगी आगमी १२ गते बस्ने गरि टुंगीएको थियो । संवैधानिक परिषदले आयोगमा नियक्तीका लागि सिफरिस गरेपछि संसदीय सुनुवाई लगायतका प्रक्रिया पुरा गर्नका लागि कम्तिमा पनि १५ दिनको समय लाग्ने गर्दछ । तर संवैधानिक परिषदको बैठक नै बस्ने नसकेको अवस्थामा तत्काल लोकसेवा आयोगले पदाधिकारी पाउने संभावना नभएको बताइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै