नेभिगेशन
अन्य

गलेश्वरको चट्टानमा विभिन्न आकारका चक्र देखिन थाले

म्याग्दी। म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा रहेको विशाल चट्टानमा हिन्दु धर्मालम्बीले पूजाआजा गर्ने शिवलिङ्ग, शालिग्राम, शङ्खचक्र, नागमणि देखिएका छन् । मन्दिर परिसरमा नौ रोपनी क्षेत्रफलमा फैलिएको विशाल चट्टानमा गणेशलगायत हिन्दु धर्मशास्त्रमा नामाकरण गरिएका भगवान्का विविध रुप देखिन थालेपछि संरक्षण सुरु गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्धबहादुर केसीले बताए । ‘मन्दिर परिसरमा रहेको विशाल चट्टानमा दैवी शक्तिका प्रतीकहरु देखिन थालेका छन् । सबैको आकार धर्मशास्त्रमा नामाकारण गरेजस्तै छन्’–उनले भने । विकास कोषले संरक्षणका लागि रङ्ग लगाउनुका साथै आसपासका क्षेत्रमा खोजी कार्यसमेत सुरु गरेको छ । मन्दिरमा पूजाआजा गर्न जाने भक्तजनले त्यहाँ गएर पूजा गर्न थालेका छन् । पुजारीका अनुसार आकार दिनप्रतिदिन बढ्दै जान थालेपछि अवलोकन गर्न आउने अचम्मित हुने गरेका छन् । त्यसक्षेत्रमा करिब ३० भन्दा बढी यस्ता चक्र रहेको अनुमान गरिएको छ । गत हप्ता गलेश्वर भ्रमणमा आउनु भएका उपराष्ट्रपति परमानन्द झाले समेत आश्चर्य प्रकट गर्दै संरक्षणमा सक्रियता देखाउन कोषलाई अनुरोध गर्नुभएको थियो । विश्वमै सबैभन्दा ठूलो चट्टानको दाबी गरिएको गलेश्वरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने पहलसमेत भइरहेको छ । गलेश्वर क्षेत्रको विकासका लागि राज्य तथा स्थानीयवासीका साथै प्रवासमा रहेका नेपालीले समेत सहयोग गर्दै आइरहेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै