नेभिगेशन
अन्य

गैँडा र हात्तीको आक्रमणबाट दुईजना घाइते,भाले हात्तीको आक्रमणमा पोथी मर्यो

रत्ननगर । चितवनमा दुई छुट्टाछुट्टै घटनामा वन्यजन्तुको आक्रमणमा दुईजना घाइते भएका छन् । एक जनालाई गैँडाको र अर्कालाई हात्तीको आक्रमणबाट घाइते भएका हुन । गैँडाको आक्रमणमा परेकी महिलाको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारीअनुसार आइतबार पश्चिम चितवनको मेघौलीमा गैँडाले हानेर स्थानीय सदाबहार सामुदायिक बनमा दाउरा खोज्न गएकी ३५ वर्षीय फुलमायाँ महत्तो घाइते भएकी छिन् । घाइते महत्तोको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको छ । यता रत्ननगरको सौराहामा हात्तीले आक्रमण गर्दा गैँडा वाइल्डलाइफ क्याम्पमा काम गर्ने हात्ती माहुते गोरीराम महत्तो घाइते भएका छन् । हात्ती चराउन लगेका बेला चितवन निकुञ्जको पूर्वी सेक्टर सौराहामा पालिएको हात्तीले आक्रमण गरेको थियो । निकुञ्जमा पालिएको हात्तीले हानेर उनी घाइते भएको क्याम्पका सञ्चालक भरत बस्नेतले बताए । उनका अनुसार पोथी हात्तीलाई चराउन गएका बेला निकुञ्जको भाले हात्तीले मान्छे र पोथी हात्तीलाई एकैसाथ आक्रमण गरेको थियो । मत्ता भएको निकुञ्जको हात्तीको आक्रमणबाट फुत्किएर महत्तो भाग्न सफल भएका थिए । उनको पनि अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको बस्नेतले बताउनुभयो । सोही क्रममा निकुञ्जको हात्तीको आक्रमणमा आफ्नो पोथी हात्ती मरेको बस्नेतले बताए । अहिले एउटा हात्ती खरिदमा कम्तीमा रु ७० लाख पर्ने गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...