नेभिगेशन
अन्य

दुई हजार डोज रेबिजविरुद्धको सुई जुम्लामा

जुम्ला । जिल्ला पशुसेवा कार्यालय जुम्लाले दुई हजार डोज रेबिजविरुद्धको सुई जुम्लामा भित्र्याएको छ । कार्यालयमा उक्त सुईको अभाव भएकाले बहुला कुकुरको बिगबिगीका कारण क्षेत्रीय पशु अन्वेषण प्रयोगशाला सुर्खेतबाट तत्कालै माग गरिएको पशु विकास अधिकृत गोविन्दबहादुर महतले जानकारी दिए । माघ १४ गते छुमचौर गाविसका १० स्थानीयवासीलाई बहुला कुकुरले टोक्दा जिल्ला नै बहुला कुकुरको आङ्कतमा परेको थियो । त्यसबेला जिल्लामा रेबिजविरुद्ध सुई नभएका कारण जनताको भनाइ खानुपरेकोले सुई भित्र्याइएकोे अधिकृत महतले बताए । उनले स्थानीयवासीलाई आफ्ना कुकुर तथा अन्य पशुचौपायालाई रेबिजविरुद्ध सुई लगाउन अनुरोध गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...