नेभिगेशन
अन्य

क्याम्पसको पठनपाठन एक सातादेखि ठप्प

इलाम । इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा पठनपाठन हुँदै आएको नेपालको एक मात्र बागवानी तथा पुष्प विज्ञान व्यवस्थापनको पढाइ एक सातादेखि ठप्प भएको छ । यस विषयका विद्यार्थीले क्याम्पस प्रशासनलाई विद्यार्थीको समस्यामा ध्यानाकर्षण गराउन भन्दै माघ २५ गतेदेखि पठनपाठन ठप्प बनाएका हुन् । विद्यार्थीको समस्याका बारेमा बारम्बार क्याम्पस प्रशासनलाई जानकारी गराउँदा पनि सुनुवाइ नभएपछि पठनपाठन बन्द गर्न बाध्य हुनु परेको प्रकाश अर्यालले बताए । विभागको शिक्षक समयमा नियुक्ति गर्नुपर्ने, क्याम्पसले लोकसेवा आयोगमा सहभागिताका लागि तथा कृषि अनुसन्धान केन्द्र नार्कमा पहल थाल्नुपर्ने, शैक्षिक सामग्री पर्याप्त उपलब्ध गराउनुपर्ने, व्यवस्थित छात्रबास हुनुपर्ने, क्याम्पसको पढाइ हुने ठाउँ र पढाउने शिक्षकको क्वाटर क्याम्पसबाहिर हुनुपर्ने माग राख्दै विद्यार्थीले पठनपाठन ठप्प बनाएको विभागका सहायक प्रमुख विकास खनालले बताए । हप्तादिनसम्म पठनपाठन बन्द हुँदा पनि पढाइ सञ्चालनका लागि क्याम्पस प्रशासनले कुनै चासो नदेखाएको विद्यार्थीको आरोप छ । पठनपाठन अवरुद्ध भएको बारे आफूलाई जानकारी नभएको बताउँदै क्याम्पसप्रमुख राजेन्द्र कुँवरले बागवानीको पढाइमा देखिएका समस्याप्रति क्याम्पस प्रशासन गम्भीर रहेको बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...