नेभिगेशन
अन्य

कृषि विकास बैंकको ऋण नतिर्नेमा सभासददेखि उद्योगीसम्म

वीरगन्ज । कृषि विकास बैंक वीरगन्ज शाखाबाट कर्जा लिएर नतिर्नेको सूचीमा सभासद्देखि ठूला उद्योगीसम्म रहेका खुलासा भएको छ । विशेषगरी बेला–बेलामा सरकारले कृषि बैंकबाट लिइएको ऋण मिनाहा गर्ने गरेका कारण कुनै समयमा फेरि ऋण मिनाहा हुन्छ कि भन्ने आश र लोभका कारण लिएको कर्जासमेत उनीहरुले चुक्ता गर्न आलटाल गरिरहेको कृषि बैंक शाखा कार्यालय बिरगंजले जनाएको छ । बैंकका शाखा प्रबन्धक पदम गौतमका अनुसार कर्जा रकम लिनेका पर्सा क्षेत्र नम्बर २ का सभासद् विचारी यादव र बारा क्षेत्र नम्बर ४ का सभासद् नजमा खातुन रहेकी छिन् । यद्यपि ऋण खातुनले नभई उनका पति महमुद आलमले लिएको भए पनि उनको हत्या भएका कारण ऋण चुक्ता गर्ने अभिभारा सभासद् खातुनको थाप्लोमा आएको हो । सभासद् भन्दैमा आफूहरुले कर्जा लिन छाड्न नमिल्ने तर्क शाखा प्रमुख गौतमको छ । उनले सभासद् यादवको नाउँमा साँवा १६ लाख ४९ हजार १७६ रुपैयाँ रहेको र ब्याज ३४ लाख ४६ हजार ५१४ रुपैयाँ रहेको जानकारी दिए । यसरी नै सभसाद् खातुनले साँवा १० लाख र ब्याज ५८ लाख गरी ६८ लाख रुपैयाँ आफूहरुलाई बुझाउन बाँकी रहेको गौतमले जानकारी दिए । यसरी नै वीरगन्जका विभिन्न प्लास्टिक उद्योग र विभिन्न प्रकारका अन्य उद्योगले साँवा लिएर र ब्याज नतिरेको कृषि विकास बैंकले जनाएको छ । बैंकले विभिन्न व्यक्ति तथा संस्थाबाट चार करोड ब्याज र आठ करोड ६८ लाख साँवा असुली गर्न बाँकी रहेको बैंकले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै