नेभिगेशन
अन्य

संवैधानिक परिषदको बैठक राजनीतिक छलफल परिणत, परिषदको बैठक १२ गते बस्ने

काठमाडौं । । शुक्रवार बोलाइएको संवैधानिक परिषदको बैठक राजनीतिक छलफलमा केन्द्रीत भएपछि संवैधानिक आयोगमा नियुक्तीका विषयमा छलफल गर्न संवैधानिक परिषदको बैठक आउदो १२ गते बस्ने भएको छ । लामो समय देखि संवाद हुन नसकेको सत्ता पक्ष र विपक्षको वार्ताको थलो संवैधानिक परिषदको बैठक बनेको थियो । सत्तापक्षसँग औपचारिक वार्ता नगर्ने भनिए पनि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार प्रधानमन्त्री सुशील कोइरालासँग छलफल गर्ने लगन जुरेको छ । दुई नेतावीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुक्रबार बोलाइएको संवैधानिक परिषदको बैठकमा सम्वादको मौका जुरेको हो । शुक्रवार बिहान प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषदको बैठकमा विपक्षी दलको नेताको हैसियतबाट दाहालको पनि सहभागिता थियो । बैठकमा सभाध्यक्ष सुवास नेम्वाङसमेत सहभागी भएका थिए । सत्तापक्ष र संविधानसभा अध्यक्षसंग वार्ता नगर्ने उदघोष गरेको एमाओवादी अध्यक्ष औपचारिक रुपमा सभामुख र प्रधानमन्त्री भएको बैठकमा सहभागि भएपछि सो बैठक राजनीतिक छलफलमा केन्द्रीत भएको थियो । संवैधानिक परिषदको बैठकमा लोकसेवा आयोग लगायतका संवैधानिक अंगमा रिक्त रहेका पदहरका विषयमा छलफल गर्ने एजेन्डा थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै