नेभिगेशन
अन्य

एमाओवादीले ससस्त्र युद्ध सुरु गरेको दिन आज

काठमाडौं । तत्कालिन अवस्थामा माओवादीले ससस्त्र युद्धको सुरुवात गरेको दिन हो छ । २० वर्ष अगाडि माओवादीले आजैका दिन अर्थात २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो । ससस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा माओवादीहरुले आज २० औं जनयुद्ध दिवस मनाउँदैछन् । सशस्त्र युद्ध सुरु गर्दाको नेकपा माओवादी पछि ‘एकीकृत नेकपा माओवादी’ नामकरण गरिएपनि शान्ति प्रक्रिया अघि र पछिसँगै टुक्रिएर विभिन्न नाममा माओवादी पार्टी गठन भएका छन् । अहिले पुष्पकमल दाहाल नेतृत्वको एकीकृत नेकपा माओवादी, मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले अलग अलग कार्यक्रम आयोजना गरी शुक्रबार २० औं जनयुद्ध दिवस मनाउने भएका छन् । दिवसका अवसरमा एकीकृत माओवादीले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा, वैद्य माओवादीले वसन्तपुरमा र चन्दले माओवादीले बालाजु पार्कमा कार्यक्रम आयोजना गरेका छन् । नयाँ जनवादी क्रान्तिको लक्ष्यसहित बन्दुक उठाएर रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकी तथा सरकारी बैंकमा एकसाथ आक्रमण गरी सशस्त्र युद्ध थालेको तत्कालिन नेकपा माओवादीले २०६३ मंसिर ५ गते तत्कालिन सरकारसँग शान्ति सम्झौता गर्दै हतियार बिसाएको थियो । राष्ट्रिय मानव अधिकार आयोगको तथ्यांक अनुसार १० बर्षसम्म चलेको युद्धमा राज्य र विद्रोही दुबै पक्षबाट १७ हजारभन्दा बढी नागरिक मारिए भने हजारौं व्यक्ति घाइते र अंगभंग भएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै