नेभिगेशन
अन्य

आज विश्व रेडियो दिवस

काठमाडौं । फेब्रुअरी १३ तारिखलाई विश्वभर चारवर्षयता विश्व रेडियो दिवसका रुपमा मनाउन थालिएको छ । ‘युवा र रेडियो’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी रेडियो दिवस मनाइँदैछ । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रसअरी १३ तारिखलाई विश्व रेडियो दिवसका रुपमा मनाउने घोषण गरेको थियो । त्यसयता हरेक वर्ष रेडियो दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु गर्ने गरिएको छ । विश्वका सवैभन्दा धेरै मानिसको पहूँचमा पुग्न सफल, सरल र भरपर्दो प्रशारण माध्यम रेडियोको विकास, प्रभाव र प्रगतिलाई सम्मान गर्दै नेपालमा पनि रेडियो दिवस मनाउन थालिएको हो । रेडियोहरुलाई एउटा माध्यमको रुपमा सम्मान गर्न, प्रसारकहरुबीचको अन्तराष्ट्रिय समन्वय र सहयोगमा सुधार गर्न, ठूला नेटवर्क र सामुदायिक रेडियोहरुलाई सूचनाको पहुँचलाई बढावा दिनका लागि प्रेरित गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको हो । विश्वमा व्यवसायिक रेडियो प्रशारण सुरु भएको ९५ वर्ष भएको छ । नेपालमा भने रेडियो प्रशारण सुरु भएको ६४ वर्ष पुगेको छ । विक्रम सम्बत २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण सुरु भएपनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो ।२०५२ सालदेखि एफएम प्रशारण सुरु भएको हो । सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम मानिएको रेडियोको पहुँच बढ्दै गएपनि लोडसेडिङ, आर्थिक तथा आन्तरिक व्यवस्थापन जस्ता समस्या भोग्नुपरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्