नेभिगेशन
अन्य

समानान्तर सरकारका लागि बिदेशीसंग सहयोगको याचना

काठमाडौ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले विगतको सहमति र सम्भौतालाई उल्लघंन गरेर कांग्रेस–एमाले अगाडि बढीरहे केन्द्रमै समानान्तर सरकारको घोषणा गरिने चेतावनी दिएका छन् । उनले त्यो सरकारले राष्ट्र संघ लगायत विश्व शक्तिसंग वैधानिकता माग्दै समानान्तर सरकार घोषणा गर्ने चेतावनी दिएका हुन् । ‘आन्दोलनको तेस्रो चरणमा केन्द्रमा संघीय सरकार घोषणा गरिनेछ । र, राष्ट्रसंघ सहित विश्व शक्तिबाट त्यस सरकारको वैधानिकता खोजिनेछ’ उनले भने– ‘सबैलाई सोध्नेछौं । सहमतिरसम्झौता उल्लघंन गर्ने सरकार वैधानिक कि ? शान्ति संझौता मान्ने सरकार वैधानिक ?’ उनले विश्व शक्तिले आफूहरुले बनाएको सरकारलाई मान्यता दिने दावी गरे । बिहीबार पहिचानवादी युवा शक्तिको घोषणा कार्यक्रममा बोल्दै दाहालले फागुन–१६ सम्म पहिलो चरणको खबरदारी र त्यसपछि क्रियात्मक आन्दोलन सुरु गरिने बताए । उनले क्रियात्मक आन्दोलनमा नाकाबन्दी, सरकारी कार्यालय कब्जादेखि प्रादेशिक सरकारको गठन र अन्तिममा केन्द्रीय सरकार गठनको कार्यक्रम रहने उल्लेख गरे । आन्दोनलका लागि युवा शक्तिलाई तयार रहन आग्रह गर्दै उनले फागनु–१६ को जनप्रदर्शनमा २० हजार, त्यसपछिको दोस्रो चरणमा २ लाख र तेस्रो चरणमा १० देखि १५ लाख संगठित युवा दस्ता तयार गरि परिचालन गरिने बताए । यसअघि भएका उपलब्धी र परिवर्तनहरु दोस्रो संविधानसभामा आएर धरापमा परेको छ । जनताको योगदान,त्याग र तपस्या खेर जाने त होइन ? ‘उपलब्धीहरु गुम्ने त होइन रु भन्ने खतरा पैदा भएको छ,’ उनले भने– ‘अबको युद्ध पूराने तरीकाको होइन । सबैमा लैङ्गकि जागरण आइसकेको छ । एक पटक सबै सडकमा आए जित निश्चित छ ।’ दाहालको उपस्थितिमा सार्वजनिक गरिएका युवा दस्ताले टाउको रातो फेटा बाँधेको र हातमा लठी बोकेका थिए । ‘टाउकोमा रातो फेटा देख्दा जनयुद्धको तयारी जस्तो देखियो । तर, अहिले त्यो स्थिति छैन,’ दाहालले भने– ‘जनयुद्धकाल जस्तो हान र भागको नीति अहिले लिन आवश्यक छैन । तपाईहरुको लाठी नै काफी छ ।’ ३० दलीय मोर्चामा आवद्ध ७ दलले युवा दस्ता बनाएको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्