नेभिगेशन
अन्य

क्रिकेट संघको कार्यवहाकमा दीपक कोइराला

काठमाडौँ । नेपाल क्रिकेट संघको बोर्ड बैठकले दीपक कोइरालालाई कार्यवहाक अध्यक्षको जिम्मेवारी सुम्पने निर्णय गरेको छ । यसअघि कार्यवहाक अध्यक्ष टिबी शाहको निधनपछि क्रिकेट नेतृत्वविहिन थियो । निर्वाचित अध्यक्ष टंक आङबुहाङ लिम्बु भ्रस्टाचारमा मुछिएपछि शाहले निधनअघि नेपाली क्रिकेटको नेतृत्व सम्हाल्दै आएका थिए । संघको बोर्ड बैठकले शैलेश कुमार चौधरीलाई कोषाध्यक्षको जिम्मेवारी सुम्पिएको छ । त्यस्तै, फागुन २४ गतेबाट सिनियर राष्ट्रिय पूरुष एकदिवसीय तथा टि–२० प्रतियोगिता गर्ने निर्णय पनि संघले गरेको छ । संघले फाल्गुन –१२ गते देखि क्षेत्र नं ७ जनकपुरको हरिवन र लहानमा अन्तर स्कुल राष्ट्रिय महिला क्रिकेट प्र्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । संघले विभिन्न उपसमिति समेत गठन गरेको छ । जसअन्तर्गत कार्यसम्पादन समिति संयोजकमा दिपक कोईरला, विकास समिति संयोजकमा केशव घिमीरे, अनुशासन समिति संयोजकमा रामचन्द्र शर्मा, प्राविधिक समिति संयोजकमा उत्तमकुमार कर्माचार्य , आर्थिक समिति संयोजकमा शैलेश कुमार चौधरी र इभेन्ट समिति संयोजकमा निवाश राणा रहेका छन् । संघले एक वर्षको लागी यू–१९ टिमको प्रशिक्षकमा जगत टमटा र महिला टिमको प्रशिक्षकमा श्यामसङ्ग थापालाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै, सन् २०१९ मा आयोजना हुने विश्वकप क्रिकेटलाई लक्षित गर्दै कार्यवहाक अध्यक्षको नेतृत्वमा अर्को उपसमिति गठन गरिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...