नेभिगेशन
अन्य

संसदको सुशासन समितिमा उजुरीको चाङ, बर्गिकरण गरेर छानविन गर्ने

काठमाडौं । व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिमा उजुरीका चाङ लागेका छन् । समितिमा नक्कली प्रमाणपत्र देखि गोरखापत्रमा महाप्रवन्धकले परिक्षा अगावै प्रश्नपत्र आउट गरेको बिषयसम्ममा उजुरी परेको छ । समितिमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका कर्मचारीहरुबाट निमित्त महाप्रबन्धक चन्द्रलाल नकर्मीविरुद्ध नक्कली प्रमाणपत्रका आधारमा गलत जन्ममितिको नागरिकता बनाएको र भ्रष्टाचार गरेको उजुरी परेको छ । प्रबुद्ध खड्काले झापाको बी एन्ड सी मेडिकल कलेजका डा बाबुराम गिरीको नक्कली प्रमाणपत्र भएको भन्दै उजुरीका दिनुका साथै झापाकै नितु थापाले सो कलेजका सञ्चालकविरुद्ध गैरकानुनी रुपमा ९७ करोड ऋण लिएको उजुरी दिएकी छन् । हरेराम अधिकारीले महाबौद्धस्थित ट्रमा सेन्टर तयार भएको सात वर्षसम्म पनि सञ्चालन गर्न र जनतालाई सेवा दिन नसकेको भन्दै त्यस अवधिका स्वास्थ्य तथा जनसंख्या मन्त्रीहरुविरुद्ध उजुरी परेको छ । त्यस्तै, अर्थमन्त्री, अर्थ सचिव, श्रम तथा रोजगार मन्त्रालयका सचिव र राजस्व अनुसन्धान विभागका महानिर्देशकविरुद्ध सो विभागका निर्देशक तीर्थराज खनालले दिएको उजुरीमा सहसचिव भरतराज सुवेदीलाई नियम विपरीत काजमा खटाई उपमहानिर्देशक बनाएको उल्लेख छ । कैलालीका श्रीकृष्ण पन्तले आफ्नो छोराको हत्या भएको पर्याप्त प्रमाण देखिँदा देखिँदै पनि कैलाली जिल्ला प्रहरी कार्यालयले अनुसन्धान नगरी हत्यारा लुकाउने कोसिस गरेको उजुरी गरेका छन् । सीता शर्मा, महेश घिमिरेलगायत चारजनाले गोरखापत्र संस्थानका पदपूर्ति समितिका संयोजक तथा महाप्रबन्धक सुशील कोइरालाविरुद्ध परीक्षा अगावै प्रश्नपत्र सार्वजनिक गरी अनियमितता गरेको उजुरी गरेका छन् । त्यस्तै, रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले गरेको उजुरीमा राजनीतिक पूर्वाग्रह राखी आफूलाई सूचना तथा सञ्चार मन्त्रालयमा कानुन विपरीत हाजिर गराई रेडियो नेपाललाई नेतृत्वविहीन अवस्थामा पुर्याएको आरोप लगाएको आरोप छ । प्रा डा श्रीराम उपाध्यायले आफूविरुद्ध विशेष अदालतमा परेको मुद्दा फिर्ता गर्ने वा सेवा आयोगको मुद्दालाई छुटाएर हेर्नुपर्ने माग गर्दै मध्यपश्चिम विश्वविद्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरुद्ध उजुरी दिएका छन् । यस बाहेक समितिमा सिंहदरबार पुनःनिर्माणका लागि भएका कामकारबाहीका सम्बन्धमा उच्चपदाधिकारीबाट भ्रष्टाचार भएकोलगायत एक दर्जनभन्दा बढी उजुरी परेको सभापति राईले जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै