नेभिगेशन
अन्य

प्रस्ताव समितिको प्रतिवेदन अनुमोदनसंगै संविधानसभा अनिश्चित कालका लागि स्थगित

काठमाडौं । विपक्षी एक सय ७१ सभासदले बहिस्कार गरेको संविधानसभाको आजको बैठकले प्रस्ताव समितिले तयार पारेको विवादित अन्तर्वस्तुबारे प्रश्नसहितको प्रतिवेदन अनुमोदन गरेको छ। जेष्ठ सदस्य कूलबहादुर गुरुङले फरक मतसहितको प्रतिवेदन संविधानसभामा पेश गरेका थिए। संविधानसभाले यसलाई अनुमोदन गरेलगत्तै बैठक अर्को सूचना जारी नहोउन्जेलका लागि स्थगित गरिएको छ। एमाओवादी र मधेसकेन्द्रित दलहरुको विरोधका बीच बनेको प्रस्ताव समितिले संविधानका विवादित अन्तर्वस्तुबारे २ सय ३२ प्रश्न बनाउँदै आफ्नो काम टुङ्ग्याएको थियो। १ सय ९२ मूल प्रश्न र ४० वैकल्पिक प्रश्न बनाइएको छ। प्रतिवेदनमा नेपाल मजदूर किसान पार्टीले फरक मत राखेको र त्यही अनुसार प्रतिवेदन बुझाइएको गुरुङले जानकारी दिए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै