नेभिगेशन
अन्य

कोइराला र ओलीद्वारा दाहालसँग टेलिफोन वार्ता, संविधानसभा बैठक पूरै स्थगित गर्न माग

काठमाडौं । प्रश्नावली निर्माणका लागि संविधानसभा अध्यक्षले नै प्रस्ताव समिति बनाएपछि भड्किएको विपक्षीलाई मनाउन सत्तापक्षका शीर्ष नेताहरुले संयुक्त रुपमा पहल प्रारम्भ गरेका छन् । प्रधानमन्त्री सुशील कोइराला र सत्तारुढ एमाले अध्यक्ष केपी शर्मा ओलीले विपक्षी मोर्चाका नेतासमेत रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन गरेका छन् । उनीहरुले आन्दोलन छाडेर सहमतिमा आउन दाहाललाई आग्रह गरे । बिहीबार बिहान भएको टेलिफोन वार्तामा संविधानसभामा भएको बहुमतीय प्रक्रिया हटाई सहमतिमा संविधान जारी गर्नुपर्ने वातावरण बनाउन दाहालले आग्रह गरे । उनले संविधानसभाको बैठक १० दिनमात्र स्थगित गरेर सहमति गर्ने समय पर्याप्त नहुने भएकाले अनिश्चितकालका लागि स्थगित गर्न माग गरे । विपक्षी मोर्चा वार्तामा बस्न चाहेको बताउँदै दाहालले त्यसका लागि सरकारले विश्वनिय वातावरण तयार गर्नुपर्ने जनाए । दाहालले संविधानसभाको बैठकभित्र बहुमतीय प्रक्रिया रोकेर सहमतिका लागि संविधान जारी गर्ने प्रतिबद्धता भए आफूहरु वार्तामा आउने जानकारी दिए । टेलिफोनमा छलफल पछि ओली र कोइरालाले वार्ताको लागि छलफल गर्ने दाहाललाई आश्वासन दिएका छन् । संविधानसभामा बहुमतीय प्रक्रियाबाट संविधान जारी गर्ने भएपछि त्यसको विरोधमा एमाओवादीसहित विपक्षी दलहरु संविधानसभाको बैठक बहिष्कार गर्दै आएका छन् । उनीहरुले सहमतिबाटै संविधान जारी गर्नुपर्ने भन्दै आन्दोलनमा उत्रेका हुन् । प्रक्रिया नहटाइएसम्म आफूहरु सरकारले आहृवान गरेको कुनै वार्तामा सहभागी नहुने भन्दै एमाओवादी नेतृत्वको मोर्चा आन्दोलनमा उत्रेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै