नेभिगेशन
अन्य

संविधानसभाको बैठक आज बस्दै, बैंठक १० दिन स्थगित गर्ने तयारी

काठमाडौं । संविधानसभाको बैठकाा आज प्रश्नावली समितिको प्रतिवेदन पेश हुदैछ । दिउसो १ वजे बस्ने संविधानसभा बैठकमा प्रश्नावली प्रस्ताव निर्माण समितिका जेष्ठ सदस्य कुलबहादुर गुरुङले प्रतिवेदन पेश गर्ने कार्यक्रम तय भइसकेको छ । राजनीतिक दलहरुलाई सहमति कायम गर्न सहज हुने गरी संविधानसभा बैठक डाकेर १० दिनका लागि स्थगन गर्ने तयारी गरिएको छ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले बुधवार आफ्नै कार्यकक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै आफूले सहमतिलाई प्राथमिकता दिँदै दलहरुको भावनाअनुसार संविधानसभा बैठक १० दिनका लागि स्थगन गर्ने संकेत जनाएका थिए । दलहरुबीच सहमतिका लागि संविधानसभाको बैठक आज बैठक बस्ने बेलासम्म केही त्यस्तो संकेत आइदिए आफू समय उपलब्ध गराउने पक्षमा रहेको खुलासा गरेका थिए । आजको संविधानसभा बैठकमा प्रस्ताव निर्माण समितिले पेस गर्ने प्रश्नावलीसहितको प्रस्ताव टेबुल भई भोलि नै दलहरुको भावनाअनुसार अनुमोदन हुनेछ । प्रस्ताव निर्माण समितिको प्रश्नावलीसहितको प्रस्ताव संविधानसभाले अनुमोदनको प्रक्रियामा लैजाँदा सिधै कार्यान्वयनमा लैजान सकिने भएपनि दलहरुबीचको सहमतिबाट अनुमोदन गराउने तयारी गरिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै