नेभिगेशन
अन्य

३५ जना डिएसपी एसपी बढुवामा सिफारिस

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३५ जना डिएसपीलाई एपीमा बढुवाका लागि सिफारिस गरेको छ । कार्यालयले गएराति ३५ जना डिएसपीलाई बढुवाका लागि सिफारिस गरेको हो । कार्यदक्षता मुल्याङकन आधारमा बढुवा गरेको भएपनि केही उत्कृष्ट डिएसपीहरु छुटेका छन् । मकवानपुरमा कार्यरत डिएसपी दीपक थापालाई नियतवत छुटाइएको छ । उनले फेसबुकमा बढुवा निर्णय प्रति कडा आपत्ति जनाउँदै सतीले सरापेको देशमा यस्तै हुदोँ रैछ, कामको मुल्याङकन हुदोँ रहनेछ भनेर असन्तुष्टि जनाएका छन् । सिफारिसमा परेकामा एकनम्बरमा स्थानेश्वर रेग्मी, गणेश रेग्मी, श्यामलाल ज्ञवाली, सन्दिप भण्डारी, बसन्तबहादुर कुँवर, भरतबहादुर बोहरा, मिरा चौधरी थारु, किरण बज्राचार्य,टेकप्रसाद राई, रविन्द्र केसी, पोषराज पोख्रेल, नवराज भट्ट, बुद्धिराज गुरुङ, उमेशराज जोशी छन् । त्यसैगरि नरेन्द्रप्रसाद उप्रेती, कुबेर कडायत, केदार ढकाल,राजेन्द्र बिष्ट, राजुबाबु श्रेष्ठ, बिष्णुकुमार केसी, रोजेशनाथ बास्तोला, सुदिप गिरि, टेकबहादुर तामाङ, जनक भट्टराई, दुर्गा सिंह, बिकासराज खनाल, कृष्णकुमार महत, लालमणी आचार्य, तुल्सीप्रसाद अधिकारी, प्रकाशबहादुर चन्द्र, गोविन्दकुमार साह, उमाशंकर पञ्जियार, किरण राणा र भीमप्रसाद ढकाल बढुवाको सिफारिसमा परेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्