नेभिगेशन
अन्य

सञ्चालनमा नरहेका थप नौ विद्यालय खारेज हुने

भक्तपुर । जिल्ला शिक्षा कार्यालय भक्तपुरले सञ्चालनमा नरहेका थप नौवटा संस्थागत विद्यालयको दर्ता खारेज गर्ने प्रक्रिया सुरु गरेको छ । यसअघि गत पुसमा २८ वटा विद्यालयको दर्ता खारेज गरेको कार्यालयले अनुगमनका क्रममा सञ्चालनमा नरहेको पाइकाले ती विद्यालयको दर्ता खारेज गर्न लागिएको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जानकारी दिए । खारेजीका लागि प्रक्रिया थालेका विद्यालयमा पुजाविद्या सागर स्कुल मध्यपुर थिमि गठ्ठाघर, सिन्धु ऐकेडेमी मध्यपुरथिमि– १६ लोकन्थली, शंखधर मेमोरियल स्कुल थिमि– ४ र बालकोटको स्टानफोर्ड इन्टरनेसनल स्कुल रहेका छन् । त्यसैगरी साविक कटुञ्जे गाविसका ज्योतिज्ञान स्कुल, ब्राईटल्यान्ड ई स्कुल, एम्बिसन ई स्कुल रहेका छन् भने भक्तपुर नपा– १५ को ग्रेसल्यान्ड पब्लिक स्कुल र सुडालको फ्रेन्डसिप स्कुल पनि खारेजीको प्रक्रियामा रहेको जिशिकाले जनाएको छ । कार्यालयले ती विद्यालय खारेज गर्न नपर्ने कारण भए १५ दिनभित्र लिखितरुपमा राख्नसमेत सूचना प्रकाशन गरेको छ । पन्ध्र दिनभित्र लिखितरुपमा मनासिव कारणसहित सम्बन्धित व्यक्ति सम्पर्कमा नआए जिल्ला शिक्षा समितिको बैठकबाट निर्णय गराई ती विद्यालय खारेजीमा जाने जिशिअ अधिकारीले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...