नेभिगेशन
अन्य

लोकसेवामा नियुक्तीका लागि संवैधानिक परिषदको बैठक बस्दै

काठमाडौं । संवैधानिक परिषदको बैठक आज बस्दैछ । लोकसेवा आयोगमा पदाधिकारी नियुक्ति सिफारिसबारे छलफल गर्न बैठक बस्न लागेको हो । प्रधानमन्त्री सुशील कोइरालाले साँझ ५ बजे सिंहदरबारमा बैठक बोलाएका हुन् । लोकसेवा आयोगमा पाँच पदाधिकारी हुनुपर्नेमा हाल दुई पद रिक्त छन् । अध्यक्ष कयोदेवी यमी, सदस्यद्वय टिकादत्त निरौला र राजेन्द्र प्रसाद साहको पदावधि पनि फागुन ५ बाट सकिँदै छ । परिषदको सिफारिस, संसदीय सुनुवाई लगायतका प्रक्रिया पूरा गर्दा नियुक्ति हुन कम्तिमा १५ दिन लाग्दछ । तर, दलीय भागबण्डाको विवादले परिषदले पदाधिकारी सिफारिस गर्न ढिलाइ गरेको छ । लोकसेवा आयोग पदाधिकारी विहीन भए कर्मचारीको नयाँ नियुक्ति, सरुवा बढुवा लगायतका प्रक्रिया अबरुद्ध हुनेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...