नेभिगेशन
अन्य

शिकार खेल्न आउँदैछन् साउदी राजकुमार

काठमाडौं । साउदी अरबका राजकुमार अल–वालिद बिन तलाल बिन अब्दुल अजिज अल साउद शिकार खेल्न नेपाल आउने भएका छन् । विश्वका उच्च ओहदाका व्यक्तिलाई सिकार गराउँदै आएको ‘नेपाल वाईल्डलाईफ सफारी’मार्फत् राजकुमार तलाल ढोरपाटन शिकार आरक्षमा नाउर र झारलको शिकार गर्न आउन लागेका हुन् । चार वर्ष अघि नेपाल आएका बेला उनले सिकारमा रुची देखाएका थिए । सौखिन तलालले ढोरपाटनको लेकमा एउटा नाउर र एउटा झारल सिकार गर्नेछन् । सिकारका लागि आवश्यक हतियार र खरखजाना उनैले ल्याउनेछन् । यसै वर्षभित्र आउने तयारी भए पनि माघ ९ मा काका साउदी राजा अब्दुल्लाह बिन अब्दुल अजिजको निधनका कारण भ्रमण पर धकेलिएको उनलाई सिकार गराउन नेपाल ल्याउन जुटेको कम्पनीका अधिकारीले बताए । तलाल तत्कालिन राजा अब्दुल्लाहका भतिज र साउदीका संस्थापक राजा इब्न साउदका नाती हुन् । उनी चर्चित व्यापारीसमेत हुन् । ‘राजकुमारज्यूले सिकारका लागि हाम्रो कम्पनीसंग बुकिङ गराइसक्नुुभएको छु’ सफारीका मेनेजर अमृत थापाले भने, ‘उहाँको सचिवालयका अधिकारीहरु हाम्रो सम्पर्कमा हुनुहुन्छ, उपयुक्त समयमा नेपाल आउने भनी खबर गरिएको छ ।’ त्यसअघि थापाले राष्ट्रिय निकुञ्ज विभागबाट नाउर र झारलको सिकार गराउन अनुमति लिनेछन् । विभागले सिकारको लाईसेन्स भएका कम्पनीवीच प्रतिस्पर्धा गरी नाउर र झारलको सिकार अनुमति दिन्छ । त्यसपछि कम्पनीले देश विदेशका इच्छुक सिकारी खोजी गरी ढोरपाट ल्याउँछन् । विभागले वाषिर्क नाउर २६ देखि ३० र झारल ११ देखि १६ वटासम्म सिकार गर्न दिन्छ । ढोरपाटनमा करिब १६ सय नाउर छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्