नेभिगेशन
अन्य

सत्तापक्षसँग भित्रभित्रै वार्ता गर्दै एमाओवादी अध्यक्ष दाहाल

काठमाडौं । आन्दोलन घोषणा गरेर देशदौडाहमा हिँडेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी मोर्चाका नेताहरू राजधानी फर्किएर सत्तापक्षसँग भित्रभित्रै वार्तामा लागेका छन्। दाहालले प्रधानमन्त्री सुशील कोइरालाका प्रतिनिधिका रूपमा कानुनमन्त्री नरहरि आचार्यसँग बुधबार दिउँसो कुरा गरे। मधेसी नेता विजय गच्छदार कहिले प्रधानमन्त्री त कहिले दाहालसँग आन्तरिक वार्ताका लागि समन्वय गर्न सक्रिय छन्। सत्तासीन दलका नेतासँग एमाओवादी नेताले संविधानसभाको प्रक्रिया रोक्न नसके पनि स्थगन गरेर वार्ताको वातावरण बनाउन आग्रह गर्दै आएका छन्। एमाओवादी अध्यक्ष दाहालले आचार्यसँग पनि तत्काल प्रक्रिया स्थगन भएको भन्ने आसयको लिखित वक्तव्य प्रधानमन्त्रीले जारी गरे वार्तामा बस्न सकिने धारणा राखेका थिए। प्रधानमन्त्रीको सन्देश लिएर दाहालनिवास लाजिम्पाट पुगेका आचार्यले आन्दोलन छाडेर वार्तामा बस्न आग्रह गर्दा दाहालको सो धारणा आएको हो। ‘एमाओवादीसँग कुराकानी भइरहेको छ,’ आचार्यले भने, ‘मिलाउने र सम् याउने काम बाँकी छ।’ एमाओवादीसहितका विपक्षीले यसअघि प्रधानमन्त्रीले जारी गरेको वार्ताको लिखित आह्वान सच्चाएर संविधानसभाको प्रक्रिया स्थगनलगायत विगतमा भएका सहमतिअनुसार संविधान निर्माण गर्ने प्रतिबद्धता गरे वार्तामा बस्न तयार हुने सन्देश प्रधानमन्त्रीलाई पठाइसकेका छन्। दाहालसँग बुधबार बिहानै भेटेका विपक्षी मोर्चामा आबद्ध मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले पनि आन्दोलन नभई गम् भीर भएर वार्तामा बस्न सुझाएका थिए।अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै