नेभिगेशन
अन्य

बेलायती राजदूतद्वारा राजीनामा

काठमाडौं । नेपालमा धर्म परिवर्तनको अधिकार संविधानमै सुनिश्चित गर्न सभासदहरुलाई सुझाव दिएपछि विवादमा तानिएका नेपालका लागि बेलायती राजदूत एन्ड्र्यू जेम्स स्पार्क्सले राजीनामा दिएका छन् । यसैबीच उनले अर्को महिना आफ्नो कार्यभार पूरा गर्ने जानकारी नेपाल सरकारलाई दिएका छन् । ३० वर्ष लामो करिअरमा तीन मूलुकको राजदूतसमेत बनेका स्पाक्र्सले सेवाबाट अवकास लिने व्यक्तिगत निर्णय गरेको दूतावासले जनाएको छ । ‘उहाँले सरकारी सेवा बाहिरका अन्य अवसरहरुमाथि समय दिन चाहानु भएको छ’ दूतावासद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ । ‘राजदूतकारुपमा मैले नेपाल छोडिरहेको भएपनि मैले सदाकालागि गुडवाई भनेको पक्कै हैन । म यो देशका महान जनताको सफलता र सम्पन्नताको कामना गर्छुुु’ उनलाई उदृत गर्दै बिज्ञप्तीमा भनिएको छ, ‘साथै, नेपाल र बेलायतबीचको बिशेष सम्बन्धको दुईसय वर्ष पुगेको अवसरमा गरिने उत्सवमा मैले ब्यक्तिगतरुपमा आफ्नो भूमिका निर्वाह गरिनै रहने आशा गर्दछु ।’ नेपालप्रति स्पार्क्सको अगाध स्नेह छ र उनले नेपालसँगको आफ्नो सम्बन्धलाई कायम राख्ने आशा गरेको साथै उनले विशेषगरि शिक्षा र स्वास्थ्य क्षेत्रमा नेपालको विकाशमा आफ्नो सहभागिता कायमै राख्ने आशा गरेका पनि उल्लेख गरिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...