नेभिगेशन
अन्य

किर्ते कागजात बनाई ६० लाख ठगी गर्ने पक्राउ

काठमाडौं । एमडी अध्ययनका लागि नाम निकाली दिने भन्दै ६० लाख ठगेको आरोपमा वीर अस्पताल कर्मचारी युनियनको सचिव दिपक मुडभरीसहित तीन जना पक्राउ गरेका छन् । पक्राउ पर्नेमा नुवाकोट घर भई गंगबु बस्ने मुडभरी, नवपरासी घर भई महाराजगञ्ज बस्ने राजेश कहर र धनुषा घर भई चावहिल बस्ने रवि पौडेल छन् । उनीहरुले जनमैत्री अस्पतालमा कार्यरत डा. मनोज कुमार साहलाई एमडी अध्ययनका लागि नाम निकाली दिन्छौं भन्दै ६० लाख लिएको महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाले जनाएको छ । प्रहरीका अनुसार सप्तरीका साहलाई रायमाझी ट्रेडर्सका मेडिसिन प्रतिनिधि रवि पौडेलले राजेश कहरसँग सम्पर्क गराइदिएका थिए । राजेशले साहलाई वीर अस्पतालमा अहेब पदमा कार्यरत वीर अस्पताल कर्मचारी युनियनको सचिव मुडभरीसँग भेट गराए । मुडवरीले वीर अस्पतालबाट सम्पूर्ण किर्ते माईन्युट, डा. मनोज साहको पोष्टिङको पत्र समेत किर्ते बनाएको प्रहरीले जनाएको छ । तीन जनाको मिलेमतोमा योजनाबद्धरुपले सरकारी कागजात समेत नक्कली खडा गरी ६० लाख लिएको पायएको प्रहरीले जनाएको छ । उनीहरुलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर, काठमाडौं पठाइएको अपराध महाशाखाले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...