नेभिगेशन
अन्य

संविधानसभामा मतदानअघि १० दिन बैठक स्थगन गर्ने तयारी

काठमाडौं । संविधानसभाले संविधानका विवादित विषयमा मतदान गर्नुअघि सहमतिका लागि दलहरुलाई १० दिनको समय दिने तयारी भएको छ । प्रश्नावली प्रस्ताव समितिको प्रतिवेदन पेश गर्नका लागि आज संविधानसभाको पूर्ण बैठक बोलाइएको छ । प्रस्ताव निर्माण समितिले संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणालीसहितका संविधानका विवादित विषयमा २३२ वटा प्रश्न तयार पारेको छ । तर, एमाओवादी मधेसी मोर्चासहितका दलहरुले भने प्रश्नावली निर्माण प्रक्रियामा भाग नै लिएनन् । उनीहरुको नाराबाजीका वीच माघ ११ गते सभाध्यक्षले प्रश्नावली निर्माण समिति गठन गरेका थिए । संविधानसभा सचिवालय स्रोतका अनुसार बैठकमा प्रस्ताव निर्माण समितिको प्रतिवेदन टेबल गर्नुका साथै त्यसलाई अनुमोदन गराइने स्रोतले बताएको छ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङ निकट स्रोतका अनुसार प्रश्नावली अनुमोदनपछि संविधानसभा बैठक १० दिनका लागि स्थगित गर्ने तयारी भएको छ । ‘सहमतिका लागि दलहरुलाई प्रयाप्त समय पुगोस् भनेर यो समय दिन लागिएको हो’ स्रोतले भन्यो । तर, यो समयमा सहमति भइहाल्ने संकेत भने दिएको छैन । सत्तारुढ र विपक्षी दलहरुबीच सम्वादहीनता कायमै छ । प्रधानमन्त्री सुशील कोइरालाले वार्तामा आहृवान गरे पनि विपक्षीले सहमतिबाट संविधान जारी गर्ने प्रतिवद्धता खोजेको छ । एमालेका सचिव योगेश भट्टराईले रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा सहमतिको लागि केही दिनसम्म प्रश्नावली समितिको काम स्थगन हुन सक्ने बताएका छन् । एमाओवादी र मधेसी मोर्चाहरु वार्तामा पनि नआउने र संविधानसभा पनि बहिस्कार गरिरहने हो भने कुरेर बसिरहन नसक्ने उनले बताए । उनले सहमति भएमा एमाओवादीले भने जस्तो प्रश्नावली समिति निलम्बन हुननसक्ने समेत जानकारी दिए । कांग्रेस नेता आनन्दप्रसाद ढुङ्गानाले आफूहरु अझैपनि सहमतिमै संविधानजारी गर्न तयार रहेको भन्दै उनले माघ ५ गते करिब– करिब कुरा मिलिसकेकोले अबको वार्ता त्यहीबाट सुरु हुने बताए । यसैबीच सामान्यतया प्रस्ताव टेबल गरेमात्रै पुग्ने भए पनि राप्रपा नेपालले प्रश्नावली समितिमाथि प्रश्न उठाएकाले अनुमोदन गराउन पनि संविधानसभा सचिवालयले तयारी थालेको छ । संघीयता, गणतन्त्र र धर्म निरपेक्षतामा प्रश्न बनाउन नपाएपछि राप्रपा नेपालले विरोध गरेको थियो । समितिको म्याद थपका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले नियमापत्ति गरेपछि सभाध्यक्षले आफ्नो ध्यानाकर्षण भएको बताए । तर, राप्रपा नेपालको नाराबाजीका वीच समितिको म्याद थप भएको थियो । सभाध्यक्ष निकट स्रोतले भन्यो–‘एउटा सिंगो दलले समितिमाथि प्रश्न उठाएकाले अनुमोदन गराउन लागिएको हो । भोलिको बैठकमा हुन्छ कि हुँदैन भनेर अनुमोदन गराइनेछ । यसमा उहाँहरु (राप्रपा नेपाल)ले आफ्नो मत राख्न पाउनुहुन्छ ।’ यद्यपि राप्रपा नेपालले बिहीबारको बैठक बहिस्कार गर्ने घोषणा गरिसकेको छ । बहिस्कारको निर्णय गर्नुअघि मंगलबार राप्रपा नेपालका नेताहरुले संविधानसभा अध्यक्षलाई भेटेका थिए । भेटमा सभाध्यक्ष नेम्वाङले फरक मत राख्ने मौका दिने बताएपछि उनीहरु सकारात्मक देखिएका थिए । तर, पार्टी अध्यक्ष कमल थापासँगको परामर्शपछि बुधबार बहिस्कारको निर्णयमा पुगेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै