नेभिगेशन
अन्य

विपक्षी समय गुजार्दै : उपप्रधानमन्त्री सिंह

कालिकोट । उपप्रधान एवं स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले संविधान निर्माणमा लाग्न छाडेर विपक्षी दलहरु टिका टिप्पणीमा उत्रिएर समय गुजार्ने काममा लागिरहेको आरोप लगाएका छन् । प्रेस युनियनले बुधबार बिहान मान्ममा गरेको पत्रकार सम्मेलनमा सिंहले वार्ता र संवादका लागि प्रधानमन्त्री सुशील कोइरालाले गरेको आग्रहलाई कमजोरी नठान्न विपक्षी मोर्चालाई चेतावनी समेत दिए । वार्तामा आएर संविधान लेखन प्रक्रियामा सामेल हुन विपक्षीलाई आग्रह गर्दै उनले भने, ‘प्रधानमन्त्रीले गरेको आग्रहलाई कमजोरीकोरुपमा लिएर हल्का टिका टिप्पणी गर्ने र समय गुजार्ने काम भइरहेको छ, संविधान निर्माणमा अवरोध सिर्जना गरे विपक्षी दलले ठूलो मूल्य चुकाउनु पर्नेछ ।’ प्रक्रिया र सहमति सँगसँगै हुने बताएका उपप्रधानमन्त्री सिंहले प्रक्रिया रोकेर सहमतिमा जान नसकिने जिकीर गरे । विश्वमा कहिं पनि सडकबाट संविधान निर्माण हुन नसकेको भन्दै सिंहले सहमतिमा आउन विपक्षीलाई दोहोर्याए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...