नेभिगेशन
अन्य

राष्ट्रपति र सभाध्यक्षबीच भेटवार्ता, प्रश्नावलीमा तत्काल मतदान नहुने

काठमाडौं । राष्ट्रपति डा. रामवरण यादव र संविधान सभाका सभाध्यक्ष सुवास चन्द्र नेम्बाङबीच आज भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति यादव र सभाध्यक्ष नेम्बाङबीच भेटवार्ता भएको शीतल निवासले जनाएको छ । भेटमा संविधान निर्माणबारे राष्ट्रपतिले सभाअध्यक्षसँग चासो व्यक्त गरेको बुझिएको छ । संविधानका विवादित विषयमा प्रस्ताव निर्माण समितिले प्रश्नावलीको प्रतिवेदन सभाध्यक्ष सुवास नेम्बाङलाई बुझाए पनि ती प्रश्नमाथि तत्काल मतदान नहुने संविधानसभा अध्यक्ष नेम्वाङले राष्ट्रपतिलाई जानकारी गराएका थिए । एमाओवादी नेतृत्वको मोर्चाको सहभागिताबिना प्रस्ताव निर्माण समितिले संविधानका विवादित विषयमा प्रश्नावली तयार पारेर सभाध्यक्ष नेम्बाङलाई बुझाइसकेको छ भने सभाध्यक्ष नेम्बाङले प्रश्नावलीसहितको प्रतिवेदन पेस गर्न बिहीबार संविधानसभा बैठक बोलाएका छन् । उक्त दिन जेष्ठ सदस्य कुलबहादुर गुरुङले समिति प्रस्ताव राख्ने, बैठकले अनुमोदनमात्र गर्ने र सहमतिका लागि समय दिने तयारी भइरहेको संविधानसभा सचिवालय स्रोतले जनाएको छ । तर दलहरुका बीचमा सहमति आवश्यक रहेको भन्दै छलफल लामो बनाउने राष्ट्रपति यादवलाई नेम्वाङले जानकारी गराएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै