नेभिगेशन
अन्य

हातहतियार र गोली बरामद

गौशाला । प्रहरीले गएराति जिल्लाको सीतापुर गाविस– ३ रामनगर विर्ता टोलको एक घरमा छापामारी हातहतियार र गोली बरामद गरेको छ । प्रहरीले स्थानीय धनिकलाल महतोको घरबाट नलकटुवा पेस्तोल थान एक, गोली राउन्ड एक, बन्दुक नाल एक, खोखा राउन्ड चार र नक्कली बन्दुक थान एकलगायतका सरसामान बरामद गरेकोे हो । सत्र वर्षीय धनिकलालले आफ्नै बाबु देवनारायणलाई खुकुरी प्रहार गरी ज्यान मार्न लागेको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिगएको टोली घटनास्थलमा पुगेर धनिकलालको खोजी गर्नेक्रममा उनको घरबाट हातहतियार र गोली बरामद भएको प्रहरी उपरीक्षक शौरभ राणाले बताए । यता छोराको खुकुरी प्रहारबाट शरीरको विभिन्न भागमा घाउ लागेर घाइते भएका बाबुको उपचार अञ्चल अस्पताल जनकपुरमा भइरहेको छ भने छोराको खोजी गरिरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...