नेभिगेशन
अन्य

सरकारले दाइजो खोसिदिएको भन्दै पूर्वराजा ज्ञानेन्द्रकी छोरीले मुद्धा हालिन

काठमाडों । आफ्ना बाबु तत्कालीन राजा ज्ञानेन्द्र शाहले दाइजो बकस दिएको घरजग्गा जबरजस्ती सरकारी ट्रस्टमा राखिएको भन्दै पूर्वअधिराजकुमारी प्रेरणाराज्यलक्ष्मी सिंह न्यायका लागि सर्वोच्च अदालत पुगेकी छन्। विवाहमा दिएको दाइजोमाथि कसैले प्रश्न उठाउन नसक्ने दाबी प्रेरणाको छ। प्रेरणा ज्ञानेन्द्रकी एकमात्र छोरी हुन्। उनको विवाह २०५९ माघ १० गते राजबहादुर सिंहसँग भएको थियो। विवाह हुँदा आफ्ना बाबुले घरसहित काठमाडौं छाउनीको १५ रोपनी एक आना जग्गा दाइजो बकस दिएको तर सरकारले जबरजस्ती ट्रस्टमा राखेको दाबी प्रेरणाको छ। कित्ता नम्बर २५ को उक्त घरजग्गा काठमाडौं महानगरपालिका–१३ छाउनीमा छ। अर्बौं रुपैयाँ पर्ने उक्त घरजग्गाको क्षेत्रफल ०७६६४.६० वर्गमिटर छ। ‘मेरो हकभोगको दाइजो बकसको सम्पत्ति मेरो जानकारी एवं मञ्जुरीबिना अनाहकमा अपहरण हुने गरी ट्रस्टमा राखेकाले संवैधानिक एवं कानुनी हकमा आघात पुग्न गएको छु’ प्रेरणाले सर्वोच्चमा सोमबार दर्ता गरेको रिट निवेदनमा उल्लेख गरेकी छन्, ‘त्यस्तो अनधिकृत, स्वेच्छाचारीपूर्ण एवं गैरकानुनी निर्णय बदर गराई न्याय माग्ने अन्य प्रभावकारी वैकल्पिक उपचार अभाव भएको हुँदा सम्मानित अदालतसमक्ष नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७ बमोजिम यो निवेदन गरेकी छु।’ अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै