नेभिगेशन
अन्य

आम आदमी पार्टीको अभूतपूर्व जित, १५ बर्ष शासन गरेको कांग्रेसको शून्य सिट

भारत । भारतमा करिब ३ बर्ष अगाडी गठन भएको भ्रस्टाचार बिरोधि अभियानमा सक्रिय दल आम आदमीले दिल्ली बिधानसभा निर्वाचनमा अभूतपूर्व जित दर्ता गरेको छ । मतगणना अनुसार आम आदमीले कुल ७० सिट मध्ये ६७ सिटमा जित दर्ता गरेको छ भने प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीले ३ सिट मात्र जितेको छ । भारतीय जनता पार्टीका मुख्य मन्त्रीकि उमेदवार किरण बेदीनै आपका उमेदवार संग पराजित भएकि छन् । मत परिणाम अनुसार १५ बर्ष दिल्लीमा शासन सञ्चालन गरेको कांग्रेस भने कुनै स्थानमा पनि जित हासिल गर्न सकेन । कांग्रेसका ६१ उमेदवारको जमानत समेत जफत भएको छ । अभूतपूर्ब रुपमा जित दर्ता गरेको आम आदमी पार्टीका प्रमुख अरविन्द केजरीवाल अव दिल्लीको मुख्य मन्त्री बन्ने भएका छन । जित संगै अरविन्द केजरीवाललाई प्रधानमन्त्री नरेन्द्र मोदीले जितको लागि बधाई दिदै चियाको लागि निमन्त्रणा समेत गरेका छन् । केजरीवाललाई कांग्रेसका सोनिया गान्धी तथा राहुल गान्धीले समेत बधाइ दिएका छन् । यसअघि भएको भारतको विधानसभाको चुनावमा २८ सिट जितेको आम आदमीका केजरीवाल ४९ दिनसम्म मुख्यमन्त्री बनेका थिए । कांग्रेसको समर्थनमा दिल्लीमा सरकार बनाएका केजरीवालले केहि महत्वपूर्ण कार्य समेत गरेका थिए । अघिल्लो चुनावमा ३२ सिट जितेको भाजपाले भने यस पटक ३ सिटमा खुम्चिएको छ । केन्द्र सरकारको नेतृत्व गरेको भाजपाले अरवेन्दी केजरीवाललाई सक्दो सहयोग गर्ने जनाएको छ । जित संगै अरविन्द केजरीवालले कांग्रेस र भाजपाको अहंकारका कारण जनताले उनीहरुलाई साथ नदिएको र पाँच बर्षमा आफुले काम गर्न नसके र अहंकार देखाए यस्तै हालत हुने प्रतिक्रिया दिएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै