नेभिगेशन
अन्य

ल्यारक्याललाई विज्ञका रुपमा सभासद् : एमाओवादी

काठमाडौ । विवादित ब्यक्तिलाई सभासद् भएको भन्दै सवर्त्र आलोचना हुन थालेपछि एकीकृत नेकपा माओवादीले सभासद ल्यारकाल लामाको बचाउ गरेको छ । पार्टी प्रवक्ता दीनानाथ शर्माले मंगलवार विज्ञप्ति जारी गर्दै लामा विज्ञ ब्यक्ति भएकाले सभासदमा सिफारिस गरिएको जनाएका छन् । एमाले पार्टीबाट अर्थ राज्य मन्त्री बनाएको बेला पासपोर्ट विवाद भए पनि राज्यको तर्फबाट भएको छानबिनबाट सफाइ पाइसकेको प्रवक्ता शर्माले प्रष्ट्याएका छन् । दोस्रो संविधानसभाअघि एमाले छाडेर एकीकृत माओवादीमा प्रवेश गरेका लामालाई जनजाति तथा बौद्ध समूदायको तर्फबाट दोस्रो संविधानसभाको समानुपातिक निर्वाचनमा उम्मेदवार बनाएको र हाल रिक्त रहेको पदमा सिफारिस गरिएको शर्माले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । सामाजिक सञ्जालहरुमा एमाओवादीले सभासद बनाएको भन्दै आलोचनाहरु भएपछि एमाओवादीले विज्ञप्ति नै जारी गरि आलोचना नगर्न आग्रह गरेको हो । एमालेका पूर्व अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री भएको बेला लामालाई अर्थराज्यमन्त्री बनाइएको थियो । लामालाई सभासद बनाएपछि एकीकृत माओवादी पार्टी भित्रै पनि विवाद चर्किएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै