नेभिगेशन
अन्य

हत्या आशंकामा देवर र देउरानी पक्राउ

वीरगन्ज । पर्साको सबैठवा गाविस–२ की सुमनदेवीको हत्या आशंकामा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले जिल्लाको महुवनमा लुकेर बसेका समनदेवीका देवर श्रीलाल राम र देउरानी सोनादेवीलाई पक्राउ गरेको हो । महुवनमा लुकेर बसेको अवस्थामा सोमबार उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक निशान्त थापाले जानकारी दिए । यसअघि प्रहरीले सुमन हत्या आशंकामा सासूलाई पक्राउ गरिसकेको छ । प्रहरीले सुमनदेवीको शव घाँटी रेटेर फालेको अवस्थामा शनिबार राति घर नजिकैको उखु बारीबाट बरामद गरेको थियो । प्रहरीका अनुसार सुमनदेवीको परिवारका सदस्यले मिलेर हत्या गरेका आशङ्का गरिएको छ । हत्याबारे थप अनुसन्धान भइरहेको छ । सुमनका पति किशोर भने वैदशिक रोजगारीको सिलसिलामा खाडी मुलुकमा छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...