नेभिगेशन
अन्य

नेपाल–भारत सहसचिवस्तरीय गोष्ठी सुरु हुँदै

काठमाडौं । नेपाल–भारतबीचको आपसी चासो तथा द्विपक्षीय शान्ति सुरक्षाका विषयमा छलफल गर्न सहसचिवस्तरीय बैठक मंगलबारबाट नेपालको पोखरामा सुरु हुँदैछ । दुई देशबीच देखिएका शान्तिसुरक्षा तथा संगठित अपराधसम्बन्धी समस्या समाधानका लागि गृहमन्त्रालयका सहसचिवस्तरीय दुई दिने बैठक सुरु हुन लागेको हो । कार्यक्रममा भाग लिन भारतको गृहमन्त्रालयका सहसचिव हितेसकुमार एस.मकवानको नेतृत्वमा १७ सदस्यीय टोली पोखारा पुगिसकेको छ । हरेक वर्ष आयोजना हुने गृहमन्त्रालय सहसचिवस्तरीय छलफल नेपाल–भारत सीमा समस्याका अतिरिक्त मानव बेचबिखन, हातहतियारको अवैध ओसारपसार, लागूऔषध तथा नक्कली मुद्राको कारोबार र ओसारपसार समस्यालाई मुख्य विषयवस्तुका बारेमा छलफल हुने गर्दछन् । नेपाल–भारत खुला सिमानाका कारण नेपालका अपराधी भारत र भारतका अपराधी नेपालमा लुकिछिपी बस्ने जस्ता समस्याले संगठित अपराध फस्टाउने सम्भावना रहेकाले यसै विषयमाथि गोष्ठीमा छलफल हुने गृहमन्त्रालयले जनाएको छ । सहसचिवस्तरीय छलफलबाट तय गरेका सीमासुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी निर्णय र सहमतिलाई सचिवस्तरीय हुँदै मन्त्रीस्तरीय छलफलमा राखिने छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्