नेभिगेशन
अन्य

सत्य निरुपण बेपत्ता आयोगमा नियुक्तीका लागि मन्त्रीपरिषद बस्दै

काठमाडौं । सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगका पदाधिकारी नियुक्तीका लागि आज मन्त्रीपरिषदको बैठक बस्दैछ । बिहान ११ वजेपछि सिंहदरवारमा बस्ने बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता आयोगका पदाधिकारी नियुक्त गर्ने एकमन्त्रीले जानकारी दिए । सत्यनिरुपण मेलमिलाप तथा बेपत्ता आयोगका पदाधिकारी सिफारिस समितिले अध्यक्षमा संसदका पूर्व महासचिव एंव पूर्वराजदूत सुर्यकिरण गुरुङको नाम सिफारिस गरेको छ । समितिले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगका पदाधिकारीको नाम सोमबार प्रधानमन्त्रीलाई बुझाएको हो । समितिले आयोगका सदस्यहरुमा लीला उदासी, प्युठानका श्रीकृष्ण सुवेदी, काठमाडौंकी माधवी भट्ट र महोत्तरीकी मञ्चला झाको नाम सिफारिस गरेको छ । यस्तै बेपत्ता आयोगको अध्यक्षमा पूर्व मुख्य न्यायाधीश लोकेन्द्र मल्लिकको नाम सिफारिस गरेको छ । समितिले बेपत्ता आयोगका सदस्यहरुमा विजुल विश्वकर्मा, प्रा. डा. विष्णु पाठक, नरकुमारी गुरुङ र आइबहादुर गुरुङलाई सिफारिस गरेको हो । विस्तृत शान्ति सम्झौता भएको १० वर्ष बित्न लाग्दा दुबै आयोग गठन गर्ने सरकारी प्रक्रियाले बल्ल मूर्तरुपमा पाउन लागेको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै