नेभिगेशन
अन्य

प्रश्नावली समितिले काम सक्यो, २३२ प्रश्न सहतिको प्रतिवेदन सभामुखलाई बुझाइयो

काठमाडौँ । प्रस्ताव निर्माण समितिले संविधान निर्माणका क्रममा देखिएका विभिन्न विवादित विषयका सम्बन्धमा २३२ वटा प्रश्न तयार गरेको छ । समितिको प्रतिवेदन आजै संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई बुझाइएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले संविधान निर्माणमा देखिएका विवादको हल खोज्न १९२ वटा मूल प्रश्न र ४० सहायक प्रश्न तयार गरेको समितिका सदस्य अग्नि खरेलले जानकारी दिए । समितिले अघिल्लो संविधानसभाको संवैधानिक समितिअन्तर्गतको १५, मौलिक हकसम्बन्धी दुई, संवैधानिक अङ्गको स्वरुप निर्धारण समितिअन्तर्गतको २१, संवैधानिक अङ्गको संरचनासम्बन्धी १४, शासकीय स्वरुपसम्बन्धी ३७, न्याय प्रणालीसम्बन्धी ३१ र राज्य पुनःसंरचनासम्बन्धी ७२ वटा तयार प्रश्न तयार गरेको हो । प्रमुख विवादित विषयका रूपमा रहेको राज्य पुनःसंरचनाका सम्बन्धमा आइतबार बसेको प्रश्नावली निर्माण उपसमितिले प्रश्नहरु तयार गरी प्रस्ताव निर्माण समितिमा पठाएको थियो । राज्य पुनःसंरचनाका सवालमा दलहरूले न्यूनतम चार प्रदेशदेखि १४ प्रदेशसम्मको अवधारणा पेस गरेका थिए । नेपाली काँग्रेस, नेकपा ९एमाले० लगायतका दलले संवाद समितिमा सात प्रदेशको अवधारणा पेस गरेका थिए भने एमाओवादी नेतृत्वको मोर्चाले १० प्रदेशको अवधारणा सार्वजनिक गरेको थियो । सोही अवधारणाका आधारमा प्रश्नहरू निर्माण भएका छन् । संवैधानिक आयोग के कति हुने, तिनको स्वरूप के कस्तो हुने, कतिवटा आयोग राख्ने भन्ने विषयमा देखिएका विवादहरूका सम्बन्धमा प्रश्नावली निर्माण भएको छ । विद्यमान संवैधानिक आयोगका अलावा महिला, दलित, प्राकृतिक स्रोत साधन, समावेशी समानुपातिक आयोग गठन हुनुपर्ने वा नपर्ने भन्ने विषयमा दलहरूबीच विवाद रहँदै आएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै