नेभिगेशन
अन्य

सुनसरी जिल्ला अस्पतालमा औषधि अभाव

इनरुवा । सुनसरी जिल्ला अस्पताल इनरुवाको इर्मेजेन्सी कक्षमा औषधिको अभाव भएको छ । इर्मेजेन्सीमा कक्षमा औषधी अभाव भएको स्वास्थ्यकर्मीले गुनासो गरेका छन् । जिल्ला अस्पतालमा ७० प्र्रकारका औषधि निःशुल्क रुपमा पाउनुपर्ने भए पनि इर्मेजेन्सी कक्षमा भने औषधि अभाव रहेको स्वास्थ्यकर्मीले गुनासो गरेका हुन् । इमर्जेन्सीमा निःशुल्क रुपमा पाउनुपर्ने औषधिसमेत किन्नुपर्ने बाध्यता रहेको सेवाग्राहीले बताएपछि स्वास्थ्यकर्मीले समेत सो कुरालाई बाहिर ल्याएका हुन् । सरकारले निःशुल्क औषधि दिन नसक्दा इमर्जेन्सीमा बस्ने स्वास्थ्यकर्मीलाई नै सेवाग्राहीले आरोप लगाउन थालेपछि अस्पतालले आफूहरुलाई औषधि नदिएको र स्टोरमा जाँदासमेत ढिलासुस्ती गर्ने गरेको एक स्वास्थ्यकर्मीले गुनासो गरे । यता जिल्ला स्वास्थ्य कार्यालयका स्टोर शाखाले जनशक्ति अभावका कारण दुई स्थानमा औषधि वितरण गर्न नसकिएको तर आएकाहरुलाई निःशुल्क औषधि वितरण गरिरहेको दाबी गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...