नेभिगेशन
अन्य

बुहारी हत्याको आरोपमा सासू पक्राउ

वीरगन्ज । बुहारीको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय पोखरियाले पर्साको सबैठवाबाट सासूलाई पक्राउ गरेको छ । सो गाविस–२ पोखरिया टोलकी मतीदेवी रामलाई उनकी बुहारी २५ वर्षीया सुमनदेवी रामको हत्या गरेको आरोपमा गएराति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । प्रहरीका अनुसार छोरा किशोर रामकी श्रीमती सुमनदेवीको मतीदेवीले गत शुक्रबार घाँटी रेटेर हत्या गरेको दाबी गरिएको छ । सुमन देवीको शव नजिकैको उखुबारीमा फालेको अवस्थामा इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बेस क्याम्प सबैठवाले गएराति बरामद गरेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक निशान थापाले जानकारी दिए । पक्राउ परेकी मतीदेवीलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको र शव परीक्षणका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ । मृतकका श्रीमान् किशोर भने वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकमा रहेको बताइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्