नेभिगेशन
अन्य

राजधानीमा बिना अनुमति ग्यास बिक्रीवितरण

काठमाडौं । राजधानीमा बिना अनुमति ग्यास बिक्रीवितरण गर्ने गरेको भेटिएको छ। वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग उपभोक्ता हित शाखाले गरेको अनुगमनमा काठमाडौं उपत्यकामा बिना अनुमति ग्यास बिक्री वितरण गर्ने गरेको भेटिएको हो। विभागले गरेको नियमित अनुगमनको क्रममा यस्तो तथ्य फेला परेको विभागका अधिकारीले जनाएका छन्। विभागले डल्लु क्षेत्रमा गरेको अनुगमनका क्रममा न्यु सविना स्टोर स्वयम्भूले ग्यास बिक्री अनुमति पत्र नलिई बिक्री वितरण गरेकोले अनुमति लिन निर्देशन दिएको छ। स्टोरले नारायणी ग्यास बिक्री गर्ने गरेको जनाइएको छ। यस्तै डेनिस खुद्रा स्टोर डल्लुले पनि बिना अनुमति ग्यास बिक्री गरेको भेटिएको जनाइएको छ। त्यसकारण अनुमति पत्र तुरुन्त लिन निर्देशन दिइएको छ। स्टोरले बाबा र श्रीग्यास बिक्री गर्ने गरेको जनाइएको छ। यस्तै विनय खाद्य स्टोर डल्लुलाई पनि ग्यास बिक्री अनुमति पत्र अनिवार्य रूपमा लिन निर्देशन दिइएको छ। विनयले श्रीकृष्ण ग्यास बिक्री गर्ने गरेको जनाइएको छ। अनुगमनको क्रममा केही विक्रेताले ग्यास बाहिर राखी बिक्री वितरण नगरेको भेटिएको जनाएको छ। रेनमार्क सुपर मार्केट डल्लु आवास क्षेत्रलाई ग्यास बाहिर राखी बिक्री वितरण गर्न निर्देशन दिएको छ। विभागका निर्देशक हरिनारायण बेल्बासेले अनुमति नलिई बिक्री गर्दै गरेकालाई अनुमति लिन र भित्र राखेर बिक्री वितरण गर्दै गरेकालाई बाहिर सबैले देख्ने गरी बिक्री वितरण गर्न निर्देशन दिएको जनाए। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्