नेभिगेशन
अन्य

प्रधानमन्त्रीले वार्ताको आह्वान गरेपछि एमाओवादी मोर्चा बैठकमा

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले वार्ताका लागि आह्वान गरेपछि एमाओवादी नेतृत्वको मोर्चा बैठकमा जुटेको छ । सिंहदरवारस्थित एमाओवादी संसदीय दलको कार्यालयमा एमाओवादी नेतृत्वको मोर्चा बैठकमा जुटेको हो । प्रधानमन्त्रीले वार्ताका लागि आह्वान गर्दै बक्तव्य जारी गरे लगतै राजधानी बाहिर रहेको एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, मधेशी मोर्चाका शीर्ष नेताहरु राजधानी फर्केका थिए । आइतवार प्रधानमन्त्रीले बक्तव्य जारी गरेलगतै मोर्चाका नेताहरु राजधानी फर्केका भएपनि समय अभावका कारण आइतवार बैठक बस्न सकेको थिएन् । एमाओवादी मोर्चाले प्रधानमन्त्रीको वार्ताका लागि आह्वान गर्दै जारी गरेको बक्तव्यका बिषयमा छलफल गरि धारणा तय गर्ने बताइएको छ । मोर्चाको बैठक बिहान ८ वजेपछिबाट एमाओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा बसिरहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै