नेभिगेशन
अन्य

इजिप्टको फुटबल स्टेडियममा झडप, २२ जनाको मृत्यु

काठमाडौं । ईजिप्टको राजधानी कायरोस्थित फुटबल रंगशाला बाहिर झडप हुँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ । सो घटनामा कम्तिमा २० जना घाईते भएको बिबिसीले जनाएको छ । फुटबलका दर्शक र प्रहरीबीच झडप भएको भएपछि घटनाले उग्र रूप लिएको थियो । बिबिसीका अनुसार जमालेक फुटबल क्लबका समर्थक विना टिकट स्टेडियममा पस्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ । प्रहरीले स्टेडियम बाहिर लागेको भीड तितरवितर पार्न अश्रुग्याससमेत प्रहार गरेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्