नेभिगेशन
अन्य

गच्छदार, ठाकुर वार्तामा सकारात्मक यादव र महत्तो वार्ताको विपक्षमा

काठमाडौं । वार्ताका लागि प्रधानमन्त्री सुशील कोइरालाले आह्वान गरेपछि मधेसी मोर्चाका नेताहरुको मिश्रित प्रतिक्रिया आएको छ । फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराइ मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सत्तापक्षसंग वार्ता गर्न आफूहरु तयार रहेको बताएका छन् । तर सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तोले भने वार्तामा बस्न नसकिने प्रतिक्रिया दिएका छन । जनकपुरमा आइबार पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष ठाकुरले आफुहरुको माग सरकारले पुरा गर्न तयार भए वार्ता गर्न तयार रहेको उल्लेख गरे । यस्तै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विश्वासको वातावरण बने वार्तामा बस्न सकिने बताए । विराटनगरस्थित आफ्नै निवासमा यादवले सत्तापक्षले सहमति कार्यान्वयन गर्ने ग्यारेन्टी गरेमात्रै वार्तामा बस्ने बताए । तर सद्भावना पार्टीक अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री सुशील कोइरालाले बिपक्षी दललाई वार्तामा फर्कन आह्वान गरेपनि आफुहरु वार्तामा नजाने बताए । विराटनगरमा पत्रकार सम्मेलन गरी महतोले अधुरो सहमतिका लागि वार्तामा नवस्ने बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै