नेभिगेशन
अन्य

कांग्रेस केन्द्रीय समिति फेरि सर्यो

काठमाडौ । नेपाली कांग्रेसले महाधिवेशनको तयारीका लागि बोलाएको केन्द्रीय समितिको बैंठक दोश्रो पटक सरेको छ । कांग्रेस माघ २६ गते सोमवारका लागि बोलाएको बैठक फागुन २ गतेका लागि सारेको थियो । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार फागुन २ गते बोलाइएको केन्द्रीय समितिको बैठकपनि २ दिन पर सारिएको छ । ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७१ फागुन २ गते शनिबार विहान ११ः३० बजे प्रधानमन्त्री निवास, वालुवाटारमा बस्ने भनिएकोमा विशेष कारणवस उक्त बैठक २०७१ फागुन ४ गते सोमबार विहान ११ः३० बजे सोही स्थानमा बस्ने भएको छ ।’ केन्द्रीय कार्यालयमा मुख्यसचिव ऋषिकेश तिवारीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । बिज्ञप्तीमा बैठकमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको समेत भनिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै