नेभिगेशन
अन्य

प्रश्नावली संवाद समितिलाई बुझउने गरि सहमतिको तयारी

काठमाडौं । दलहरुले प्रश्नावली प्रस्ताव समितिले तयार पारेको प्रतिवेदन एमाओवादी नेता डा बाबुराम भट्टराई सभापति रहेको संवैधानिक राजनीति संवाद तथा सहमति समितिलाई बुझाउने गरि सहमतिको प्रयास भएको छ । एमाओवादी नेतृत्वको मोर्चा यो बिषयमा सहमति भएमा सत्तापक्षका नेताहरु यो बिषयमा सहमत भइसकेको बताइएको छ । एक कांग्रेस पदाधिकारीका अनुसार प्रधानमन्त्रीले विपक्षीलाई वार्ताका लागि आह्वान गर्दे वक्तब्य जारी गरेपछि प्रश्नावली प्रस्ताव समितिले तयार पारेको प्रश्नावली डा बाबुराम भट्टराई नेतृत्वको सम्वाद समितिमा पठाउने र प्रश्नावली प्रस्ताव समितिले तयार पारेको प्रतिवेदन बाबुरामले संविधानसभामा पेश गर्ने गरि सहमतिको प्रस्ताव सत्तापक्षले गरेको छ । ती कांग्रेस पदाधिकारीले हमति भएको अवस्थामा प्रस्ताव समिति स्वतः निश्क्रिय हुने र त्यतिबेला प्रश्नावलीलाई सम्वाद समितिमा पठाउने बिषयमा एमाओवादी नेताहरुसंग अनौपचारिक रुपमा कुरा भइरहेको छ । उनले प्रश्नावली प्रस्ताव समितिको प्रस्ताव संवाद समितिमा पठाएर सहमति गर्न एमाओवादी समेत तयार भएकाले प्रश्नावलीमा एमाओवादी र मधेशवादीका एजेन्डालाई समेत प्रश्नावलीमा समेटिएको बताए । ‘एमाओवादी मोर्चासँग सहमति हुनासाथ प्रश्नावली समिति निश्क्रिय बन्छ, त्यसपछि यो प्रश्नावली सम्वाद समितिका लागि काम लाग्न सक्छ’, कांग्रेसका ती पदाधिकारीले भने, ‘ अहिले सवै कुरा नभनौ किनकी सहमतिको प्रयास मात्र यो बिषयमा हो औपचारिक सहमतिपछि सवै भनौला मेरो नाम पनि नलेखनुस’ । यसरी सहमतिको प्रयास भइरहेकाले राजनीतिक वक्तव्यसहित वार्ताको आह्वान गर्ने तयारी भएको हो । प्रधानमन्त्रीले सरकारका तर्फबाट बाह्रबुँदे समझदारी, शान्ति सम्झौता र अन्तरिम संविधानको मर्म एवं भावना अनुसार सहमतिमै संविधान बनाउन तयार रहेको प्रतिवद्धतासहित वक्तव्यको तयारी भइरहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै