नेभिगेशन
अन्य

बालकोटमा गएराती भीषण आगलागी

भक्तपुर । अनन्तलिंगेश्वर नगरपालिका वडा नं १ बालकोटका जीतबहादुर खड्काको कपास र लुगा पेल्ने कारखानामा शनिवार राती आगलागी हुँदा लाखौको धनमाल क्षति भएको छ । शनिवार राति ८ः४५ बजेदेखि अचानक आगलागी सुरु भएको थियो । भक्तपुर नगरपालिका, ललितपुर उपमहानगरपालिका र काठमाडौँ महानगरपालिकाबाट तीनवटा दमकलले पाँच घन्टाको प्रयासपछि आगलागि नियन्त्रणमा लिएका थिए । सडकको छेउमै रहेको कारखानामा आगलागी भएकाले बस्तीमा आगो फैलन नदिन स्थानीय बासिन्दा, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले प्रयास गरेका थिए । कारखानाका सन्चालक खड्काका अनुसार तीन रोपनी क्षेत्रफलमा फैलिएको कारखाना भित्र रहेका कपडा, कपास र मेशिनमा एकैपटक आगलागी भएको बताउँदै कसैले नियतवश आगलागी गराएको आशंका गरे। उनका अनुसार रु १५ लाखको मेशिनसहित रु ३५ लाख वरावरको क्षति भएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...