नेभिगेशन
अन्य

वार्ताका लागि बक्तव्य दिदै प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालाले विपक्षीहरुलाई वार्तामा आउन आग्रह गर्दै सार्वजानिक रुपमा व्यक्तव्य जारी गर्ने तयारीमा रहेका छन् । एकदुई दिन भित्रै प्रधानमन्त्रीले सार्वजानिक बक्तव्य जारी गर्ने तायरी भइरहेको वालुवाटार स्रोतले जानकारी दियो । प्रधानमन्त्री कोइरालाले पनि नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको पन्ध्रौँ साधारणसभालाई सम्बोधन गर्दै दलहरुका बीचमा एकदुई दिनमा ब्रेक थ्रु भएर वार्ता सुरु हुने बताएका थिए । सो कार्यक्रममा नयाँ संविधानबाट सबै वर्ग, क्षेत्रका जनताको हक अधिकार सुनिश्चित हुने भएकोले संविधान लेखन अहिलेको प्राथमिकता भएको बताए । उनले आन्दोलन, बन्द हडताल जनताको प्राथमिकता नभएकाले विपक्षीलाई वार्तामा आउन आग्रह गरे । उनले जनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको उपलब्धिलाई संस्थागत गर्न छिटो संविधान चाहिएको हो, यसका लागि दलले बोलचाल बन्द गर्ने होइन, वार्ता र संवादको टेबलमा आई त्यही निकास खोजिनुपर्ने धराणा राखे । ‘केही दिनभित्रमा संविधान लेखनका विषयमा दलका बीचमा देखिएका समस्याका सबै बादल हट्ने छन्, अविश्वास र तिक्तता हट्छ, ब्रेक थ्रु हुनेछ, हामी वार्तामा बस्नेछाँै ।’ प्रधानमन्त्री कोइरालाले थपे । उनले भने, ‘वार्तामा आउन पर्यो प्रचण्डजी भनेर मैले उहाँकै निवासमा पुगी आग्रह गरिसकेको छु, टेलिफोनमा कुराकानी भएका छन्, उहाँ (प्रचण्ड) ले हुन्छ भन्नुभएको छ, म आशावादी छु एक÷दुईदिनभित्रमा वार्ता सुरु हुन्छ, वार्तामा नआई कसैलाई सुखै छैन, वार्ताभन्दा अन्यत्र कहाँ जाने ?’ कोइरालाले माघ– ८ मा संविधान जारी हुन नसकेपछि दलहरुका बीचमा द्धन्द बढ्दै गएको छ । एमाओवादी नेतृत्वको मोर्चा संविधानसभा छोडेर आन्दोलन उठाउने अभियानमा जुटेको छ । प्रधानमन्त्री कोइरालाले बक्तव्य जारी गर्ने तयारी गरेको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पुष्टी गरे । उनले भने–‘कस्तो बक्तब्य दिने भन्ने विषयमा छलफल भइरहेको छ, केहि दिनमा वार्तामा आउन बक्तव्य दिने भन्ने कुरो भएको छ ।’ विपक्षी समेत वार्ताका लागि सकारात्मक भएकाले वार्ताको वातावरण बनेको हो । प्रधानमन्त्रीले वार्ताका लागि आग्रह गर्ने तर प्रक्रिया भने नरोकिने पौडेलले बताए । वालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री कोइरालाले वार्ताका लागि आह्वान गर्दै जारी गर्ने बक्तव्यका बारेमा उपसभापति रामचन्द्र पौडेल र शान्तिमन्त्री नरहरी आचार्यसंग शनिवार साँझ छलफल गरेका थिए । उनले सत्तारुढ एमाले नेताहरुसंग छलफल गरि वार्ताका लागि आह्वान गर्ने तयारी गरेको स्रोतले बतायो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै