नेभिगेशन
अन्य

प्रश्नावली समितिको काम युद्धस्तरमा, एक सय ७० प्रश्न निर्मित

काठमाडौँ । प्रस्ताव समितिले संविधान निर्माणका क्रममा देखिएका विभिन्न विवादित विषयमा हालसम्म १७० प्रश्न निर्माण गरेको छ । प्रमुख दलबीच विवाद रहेको न्याय र निर्वाचन प्रणाली तथा शासकीय स्वरुपका सम्बन्धमा हालसम्म सो परिणामको प्रश्न बनेको प्रस्ताव समितिमा सहभागी सभासद्ले जानकारी दिए । यस्तै प्रमुख विवादित विषयमा रुपमा रहेको राज्य पुनःसंरचनाको सम्बन्धमा आइतबार बस्ने समितिको बैठकमा प्रश्न अन्तिम चरणमा पुग्नेछ । सङ्घीय संरचनाको विषयमा जोडिएका विषयमा थप ७८ प्रश्न बन्ने देखिएको छ । समितिले दलबीच सहमति भइसकेका विषयमा समेत प्रश्नावली बनाएको छ । विवादित सबै विषयलाई प्रश्नको रुपमा सूत्रबद्ध गरेर संविधानसभाको बैठकमा पेस गर्ने तयारी गरिएको छ । आज बसेको बैठकमा प्रश्नावली उपसमितिले पेस गरेको शासकीय स्वरुप र संवैधानिक अङ्गका विषयमा देखिएका विवादित विषयमा तयार पारिएको प्रश्न पेस गरेको थियो । उपसमितिले यसअघि मौलिक हक, राज्यको निर्देशक सिद्धान्त, प्राकृतिक स्रोतको बाँडफाँटलगायत विषयमा देखिएको विवादित विषयमा तयार पारिएको प्रश्नावली पेस गरिसकेको छ । प्रश्नावली उपसमितिका संयोजक अग्नि खरेलले शासकीय स्वरुपमा विषयमा देखिएका विवादित विषयका सम्बन्धमा तयार पारिएको प्रश्न पेस गरिएको जानकारी दिए । जनताबाट निर्वाचित प्रमुख कार्यकारी राष्ट्रपति हुने वा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने तथा संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसद्बाट निर्वाचित राष्ट्रपति हुने वा निर्वाचनमण्डलबाट चयन हुने कार्यकारी प्रमुख हुने भन्ने विषयमा दलबीच विवाद रहेको छ । नेपाली काँग्रेस, एमाले लगायत दलले संसदीय प्रणालीअन्तर्गतको संसद्बाट निर्वाचित प्रधानमन्त्री र संसदबाटै निर्वाचित राष्ट्रपतिको पक्षमा अडान राख्दै आएका छन् भने एमाओवादीलगायत दलले जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति कार्यकारी प्रमुख हुने व्यवस्थाका पक्षमा अडान राख्दै आएका छन् । शासकीय स्वरुपमा सम्बन्धमा देखिएको प्रश्नावलीको अन्तिम टुङ्गो लागेको जानकारी दिँदै संयोजक खरेलले आइतबार सबै विषयका प्रश्नावली तयार हुने बताए । नेपाली काँग्रेसक रमेश लेखकले संवैधानिक अङ्ग र शासकीय स्वरुपका सम्बन्धमा रहेका विषयमा प्रश्नावली बनेको र हालसम्म एक सय ७० प्रश्न तयार भएको जानकारी दिए । संवैधानिक आयोग के कति हुने, तिनको स्वरुप के कस्तो हुने, कति आयोग राख्ने भन्ने विषयमा देखिएका विवादका सम्बन्धमा प्रश्नावली निर्माण भएको लेखकको भनाइ छ । विद्यमान संवैधानिक आयोगका साथै महिला, दलित, प्राकृतिक स्रोत साधन, समावेशी समानुपातिक आयोग गठन हुनुपर्ने वा नपर्ने भन्ने विषयमा दलबीच विवाद छ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले यसअघि नै महिला र दलित आयोगलाई संवैधानिक आयोग बनाउने सहमति गरिसकेको छ भने अन्य आयोगका सम्बन्धमा सहमति हुन सकेको छैन । सभासद् लेखकले संविधानसभाले तोकेको समयसीमाभित्रै सबै विवादित विषयमा प्रश्नावली तयार हुने र सहमतिको प्रक्रिया सुरु भए झन् सजिलो हुने बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै