नेभिगेशन
अन्य

राष्ट्रपतिसँग नेपाली काँग्रेसका नेताद्वय देउवा र पौडेलको भेट

काठमाडौँ । राष्ट्रपति डा रामवरण यादवसँग नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले आज भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटवार्तामा संविधानका अन्तरवस्तुमा सहमति खोज्ने प्रयासमा भएको प्रगति र मुलुकको समसामयिक राजनीतिक अवस्थाका बारेमा केन्द्रित रहेर उनीहरुबीच छलफल भएको थियो । सो अवसरमा राष्ट्रपति डा यादवले मुलुुकको राजनीतिक परिवर्तनका लागि सहयात्रा गरेका सबै राजनीतिक दलहरूलाई विश्वासमा लिएर लोकतान्त्रिक संविधान जारी गर्ने प्रयासमा लाग्न नेताहरूलाई सुझाव दिएका थिए । त्यस अवसरमा नेताद्वयले नयाँ संविधानका अन्तरवस्तुमा देखिएका विवाद सुल्झाउने सम्बन्धमा एनेकपा माओवादीसहितका दलहरूसँग वार्ता संवादका आधारमा सहमति खोज्ने र प्रक्रिया दुवैलाई सँगसँगै लैजाने क्रममा हालसम्म भएका प्रगतिका बारेमा राष्ट्रपति डा यादवलाई जानकारी गराएका थिए । वार्तापछि बाहिरिने क्रममा उपसभापति पौडेलले सहमतिका लागि एमाओवादी लगायतका दलहरूलाई वार्ताका लागि पटक पटक आह्वान गरिएकोबारे जानकारी गराउनुका साथै सहमतिका नाममा संविधान आउनै नसक्ने पाटोलाई अन्त्य गर्न प्रक्रियाको थालनी गरेकोबारे राष्ट्रपतिलाई जानकारी गराएको बताएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै