नेभिगेशन
अन्य

आन्दोलन छोडेर वार्तामा आउन पौडेलको आग्रह

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले एमाओवादी सहितको मोर्चालाई आन्दोलन छोडेर वार्तामा आउन आग्रह गरेका छन् । रिपोटर्स क्लब नेपालले पौडेलकै निवास बोहोराटारमा आज आयोजित साक्षात्कार कार्यक्रममा उनले संविधानसभाका माध्यमबाट संविधान ल्याउने नेपाली जनताको चाहनालाई आत्मसात् गर्नुपर्ने बताए । ‘उहाँहरु संविधानसभाको काम कारबाहीबाट बाहिर जानुभएको छ । संविधान राष्ट्रको हितमा हो । आ–आफ्ना कुरा भन्ने केही छैन । सहमतिका लागि हामीहरु खुला दिलले वार्ता गर्न तयार छौँ’, उपसभापति पौडेलले भने । विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानको भावना विपरीत आफूहरु नगएको बताउदै उहाँले माघ ५ गते पनि अधिकांश कुरोमा टुङ्गोमा पुगिसकेको अवस्थामा अकस्मात् भइसकेको सहमति अवरुद्ध भएको जानकारी गराए । काँग्रेसले अघि सारेको नौ बुँदे अवधारणा विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानको मर्मअनुरुप नै रहेकोमा जोड दिँदै उपसभापति पौडेलले देशको सङ्क्रमणकालको अन्त्य गर्नका लागि तत्काल आन्दोलन छोडेर वार्तामा आउनुको विकल्प नभएको उल्लेख गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै