नेभिगेशन
अन्य

पचास किलो चरेसको धुलो सहित २ जना पक्राउ

वीरगन्ज । सेढवा इलाका प्रहरी कार्यालयको गस्ती टोलीले गएराति ५० किलो चरेसको धुलो बरामद गरेको छ । पर्साको जितपुर गाविस वडा नं ४ मा प्रहरीले चरेसको धुलो बरामद गरेको हो । मकवानपुरको मनहरी हुँदै चारकोसे झाडी भएर पर्साको हरैया क्षेत्रमा निस्किएर भारततर्फ निकासी गर्न लगिरहेको अवस्थामा प्रहरीले चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । इलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरीक्षक परमानन्द यादवको नेतृत्वमा रहेको गस्ती टोलीलाई देखेपछि भरिया चरेसका पोका फालेर भागेको प्रहरीले जनाएको छ । यसैगरी, प्रहरी चौकी इनर्वाको गस्ती टोलीले गएराति ५० किलो चाँदीसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक रमेश रेग्मीको टोलीले ५० किलो चाँदीसहित दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत रक्सौलका उमेश साह कलवार र प्रभु साह कलवार रहेका छन् । पक्राउ परेकालाई छुटाउन प्रहरीलाई घुस दिने अर्का एकजनालाई पनि पक्राउ गरिएको छ । प्रहरीलाई चाँदी छुटाउनका लागि घुस दिन खोज्ने व्यक्तिको नाउँ भने पर्सा प्रहरीले सार्वजनिक गरेको छैन । बरामद भएको चाँदी र पक्राउ परेका व्यक्तिको विषयमा अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै