नेभिगेशन
अन्य

‘बहुपहिचान’ भए तुरुन्तै सहमति हुन्छ : दाहाल

इटहरी । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार दिउँसो इटहरीमा आन्दोलन चर्काउने र १० लाख सेना बनाउने भनेर भाषण दिएको भोलिपल्ट शनिबार विहान इटहरीमा आयोजित पत्रकार सम्मेलनमा सहमतिको सम्भावना अझैँ टरिनसकेको बताएका छन् । शनिबार विहान क्रान्तिकारी पत्रकार संघ सुनसरीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले आफूहरु बहुपहिचानमा सहमत हुनसक्ने जनाउ दिएका छन्। ‘बहुपहिचानमा वहाँहरु आउने हो भने तुरुन्तै सहमति हुने सम्भावना छ,’ एमाले र कांग्रेसले जाति, भाषा संस्कृतीको गन्ध पनि आउनुहुन्न भनेपछि सहमति बिग्रिएको बताउँदै उनले भने, ‘त्यो बेला त्यस्तै परिस्थिती थियो र बहुपहिचान मानिदिएको भनिदिएपछि कुरा बिग्रिएको हो।’ शुक्रबार विहान विराटनगरमा पनि सत्तासीन दलहरुको सम्बोधन आए वार्ता पुनः थालिने बताएका थिए। उनले आफूले एकल जातिय पहिचानको कुरा कहिल्यै नगरेको बताए। ‘एउटै जाति, एउटै भाषाको देशमा सबै जातिलाई पहिचान र अधिकार दिएर मिलाउन खोजेको हुँ,’ उनले भने, ‘जातजातीलाई भिडाउन त उनीहरु लागेका छन् ।’उनले अन्तरीम संविधान र सहमतिको भावनालाई तोड्न खोजेपछि विरोध गरेको बताए। ‘अन्तरीम संविधान र सहमतिको भावनाअनुसार भयो भने प्रक्रियामा गएर पनि दिन्छौं भन्या हो,’ उनले भने, ‘अहिले शान्ती सम्झौता र अन्तरीम संविधान तोडेपछि प्रक्रिया भन्ने नै कहाँ हुन्छ र?’ उनले प्रश्नावली समितिजस्तो अवैधानिक र अदूरदर्शी काम अरु केही हुन नसक्ने भन्दै संविधानसभाको तागतले नपुगेपछि तागत लिन जनतामाझ गएको बताए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै