नेभिगेशन
अन्य

एमाओवादी मोर्चालाई पर्खदै प्रक्रिया अगाडि बढाउने कांग्रेस एमालेको निष्कर्ष

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले संविधानसभामा जारी प्रश्नावली निर्माणको प्रक्रिया नरोक्ने तर अल्पमत पक्षलाई सहमतिमा ल्याउन ठाउँ ठाउँमा पर्खिने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार विहान बसेको बैठकले एमाओवादी नेतृत्वको मोर्चाको माग अनुसार प्रश्नावली समितिको प्रक्रिया नरोक्ने निर्णय गरेको हो । ‘अब हामी अघि बढिसक्यौ,चौतारीमा पर्खिदै पर्खिदै अघि बढ्छौं, सहमति गर्नकै लागि चार पाँचओटा चौतारी बनाइएको छ,’ कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने ‘यसबीचमा वार्ता गर्नका लागि धेरै चौतारा छन् ।’बीच बीचमा पाँच दिनको समय राखिनु सहमतिका लागि नै रोकिएको कांग्रेस– एमालेको दावी छ । यसबीचमै वार्ता गरिने नेताहरुले बताए । एमाले उपाध्यक्ष भीमबहादुर रावलले आन्दोलनका कार्यक्रम छाडेर वार्तामा आए प्रश्नावलीको काम रोक्न सकिने प्रतिक्रिया दिए । वार्ता र सहमतिबाटै संविधान जारी गर्न अधिकतम प्रयास गर्ने तर प्रक्रिया भने नरोक्ने निर्णय भएको कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले बताए । विपक्षी मोर्चाले वार्ताका लागि सबैभन्दा पहिले प्रश्नावली समिति खारेज हुनुपर्ने माग गरेको छ । कांग्रेस–एमालेले सो शर्त भने नमान्ने प्रष्ट पारेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै