नेभिगेशन
अन्य

शिलतनिवासमा राष्ट्रपति र एमाओवादी अध्यक्ष भेट

काठमाडौं । राष्ट्रपति डा. रामबरण यादव र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल भेटवार्ता भएको छ । सहमतिमै संविधान जारी गर्ने वातावरण बनाउन सक्रिय रहेका राष्ट्रपति डा. यादवले बोलाएपछि दाहाल शुक्रबार बिहान ९ वजे शीतल निवास पुगेका थिए । भेटमा राष्ट्रपतिले आन्दोलनलाई भन्दा वार्तालाई प्राथमिकता दिएर जारी राजनीतिक गतिरोध अन्त्य गर्न सुझाव दिएका छन् । दाहालले भने कांग्रेस र एमालेले सहमतिको वातावरण बिगारेको भन्दै दलहरुबीच बढेको ध्रुविकरण रोक्न सत्तापक्षीय दलहरुले नै पहल गर्नुपर्ने बताएका थिए । राष्ट्रपतिले सत्तारुढ तथा विपक्षी दलका नेताहरुलाई बोलाएर सहमतिका साथ अघि बढ्न र वार्ताबाट समस्या समाधान गर्न आग्रह गर्दै आएका छन् । गत बुधबार कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला र विहीबार एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरेका राष्ट्रपतिले शुक्रबार प्रचण्डसँग छलफल गरेका हुन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै